Banijya News

जर्ज फ्लोयडको मरणले किन जल्यो अमेरिका ? यस्तो छ कारण

1
1.1K Shares

गणेश थापा, क्यालिफोर्निया –

कोरोनाको महामारीमा सबैभन्दा पीडित भएको अमेरिका यतिखेर आगोको रापले दनदन्ती जलिरहेको छ । स्थानिय प्रशासनले कर्फियु लगाए पनि मानिस झन् उग्र भएर सडकमा आएका छन् ।


अमेरिकामा दैनिक नै नक्कली डलर बोकेर सामान किन्न आउँछन् । तर रकम नक्कली हो होइन भन्ने कलम वा मार्करले चेक गरेपछि त्यो थाहा हुन्छ । प्राय नक्कली बिल बोकेर आउने ग्राहकलाई उक्त नक्कली डलर बिल फिर्ता दिदैनन । कसैले प्रहरी बोलाएर उत्त विल बोक्नेलाई पक्रउछन् । नक्कली डलर बिल झुक्याएर फसाइदिन्छन तैपनि प्रहरी नबोलाएका अनेको घटना अमेरिकामा पाउँन सकिन्छ ।


ठिक छ काले जर्जको अपराध पनि यही हो । उनले पसलमा गए नक्कली काउन्टरफेट २० डलर दिएर चुरोट किन्न खोज्दा पसलको कामदारले ९११ मा फोन गरेर प्रहरी बोलायो । प्रहरी आयो उनलाई हतकडी लगाउँनुको सट्ट घाँटीमा घुँडाले थिचेर हत्या ग¥यो । अपराधको सजाय हत्या होइन । समाएर अदालतमा हाजिर गराउनु पर्ने कर्तब्य प्रहरीको थियो । हुनुपर्ने पर्ने पनि त्यही हो । तर, त्यसो भएन ८ मिनेट ४६ सेकेन्डसम्म घुँडाले घाँटी थिची नै रहे गोरा प्रहरी चाउभिनले ४६ बर्षिय काला जर्जलाई । उनको यही समय मृत्यु भयो । यो घटना सामाजिक संजालमा फैलियो । काला जर्जको २० डलरको फेक बिल पास गर्नु उनको मर्नै पर्ने, मारिनु पर्ने अपराध थिएन न त जघन्य अपराध नै । न त उनिसङ्ग हतियार थियो, न त उनी हिसामा उत्रिएका थिए । एकाएक हत्या भएपछि यस्ले अमेरिका नै सल्काईदियो । हुलदङ्गा गर्ने पसलहरुमा मौका परे दैनिकी सामान चोर्नेहरु काला जर्जको मृत्यु माया र दयाको रिफ्लेक्सन थिएन । एकातीर कमाई थियो भने अर्को तीर जातियताको नारा पनि थियो ।

अमेरिकामा धेरै केशहरुमा प्रहरीलाई बोलाए पनि प्राय सामान्य सोधपुछ पछि नक्कली बिल ल्याउनेलाई छोडिदिन्छ । अमेरिकामा दैनिकी घटने घटनामा यो सामान्य हो । अमेरिकामा घट्ने सामान्य घटना हुन तर मार्ने र मर्ने प्रकारको यो घटना थिएन ।


अमेरिकामा चोरी दिनदिनै हुने गरेको छ । सामान चोर्नेहरु मनग्गे छन । तर, जर्ज फ्लोयडको मरण लुटपाट र सामान चोर्ने सँग मात्र सरोकारको बिषय होइन । यो पक्कै पनि दुखद घटना हो । केही बर्ष अघिसम्म बाहिरबाट आएकाहरुलाई सामान्य भनाभनमै गोराहरु गो ब्याक योर कन्ट्री भन्थे । यो नसुनेको एकाध बर्ष भयो तैपनि काला जातिलाई मात्रै होइन म्याक्सिकन, स्पानिस, एसियनहरुलाइ हेर्ने र ब्यबहार गर्ने तौरतरिका भिन्न छन् अझै पनि अमेरिकामा । कानुनमा बर्जित छ जातिय र बर्गिय हेलत्व र ब्यबहार तैपनि भोग्दै आएका बाहिरबाट आउनेहरु अमेरिकामा दुर्वबहार ।


अझ डोनाल्ड ट्रम्पको बिजयी पछि गोराहरुमा दम्भ बढेको सिधै देख्न र मनन गर्न सकिन्छ । अब ट्रम्पले फेरि रिलेक्टेड भए यो दम्भ र हर्कतहरु बढ्नेछन् । यसबाट बाहिरी मुलुकबाट आउँनेहरु अझै असुरक्षित हुने भयले पनि आन्दोलनमा होमिहेका छन् । काला जाति र गोरा जाति बिच मात्रै होइन । काला काला बिचमा पनि त्यत्तिकै अबिश्वास र हेर्ने सोचमा फरक छ । त्यस्तै स्पानिस एबम एसियनहरुमा पनि त्यस्तै देखिन्छ । अमेरिकामा विश्वको सभ्रान्त मुलुक भनेपनि जातियता हावी देखिन्छ ।


अध्ययन, बिबेक, बिशिष्ठता, उचाइ एबम मानबियताको बिकासले मात्रै जातिय धङ्गधङ्गी समाप्त होला भन्ने यहाँ छैन् । समय क्रमसङ्गै बर्षौ बर्ष लाग्न सक्दछ । बाहिर नाइस छन तर भित्र भित्र बिश्वास र समानता छैन । जातियता र धर्म अफिम लागु औषध भन्दा खतरनाक हुने गर्दछ । जातियता र धर्म मानब मानब बिचको माया र मानबियताको तगारो हो भन्दा हुन्छ । काला जातिका बाराक तिनै गोराहरूको मतबाट राष्ट्रपतिमा ८ बर्ष ह्वाइट हाउस ओभल अफिसमा बसे तर काला र गोरा एबम गोरा र प्रबासिहरु बिचको फरकता एबम जातिय तगारो हटाउन सकेनन ।


काला जर्जमाथि अन्याय भएको छ । यो अन्यायलाई कुनै तबरले भत्सर्ना गर्दा पनि अपुरो हुनेछ । तर, यो रङ्गको पराकाष्ठा थियो । एउटा कुरा ठोकुवा गरेर के भन्न सकिन्छ भने थिचेर चेपेर मारिएका काला जर्जको ठाउमा कुनै गोरा भैदिएको थियो भने ति गोरा काला जर्ज झै मारिने थिएनन । यही हो रङ्गको फरक ।

यसखाले हुलदङ्गाले जर्जको आत्माले शान्ति प्राप्त गर्दैन । मार्ने प्रहरी र मार्न सघाउने प्रहरीहरुलाइ क्रमश ४० बर्ष र १०÷१० बर्ष जेल सजायका लागि मिनेस्टोटा अटोर्नि जनरलले केस फाइल गरिसकेको बताइसकेका छन । तर अमेरिका जल्न छाडेको छैन् ।

1

Scroll to Top