Banijya News

गण्डकी प्रदेशमा एकाविहानै १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ७५

1
1.1K Shares

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । शनिबार गरिएको परीक्षणमा थप १७ जनामा कोरोना पोजिटिभ देखिएको हो । नयाँ संक्रमित कास्की, स्याङ्जा, बागलुङ र नवलपुरका हुन् । आज कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र हरिनास गाउँपालिका १० जना रहेका छन् ।


संक्रमित वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समूहका रहेका छन् । यस्तै, हरिनास गाउँँपालिकाका १८ र ४० वर्षका २ पुरुष रहेका छन् । बागलुङको ताराखोलामा ३९ वर्षीय १ युवकमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

त्यस्तै, कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षका २ पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षीय एक युवकमा कोरोना पुष्टि भएको छ । यस्तै, नवलपुरको विनय त्रिवेणी गाउँपालिकामा १८, १९ र २७ वर्षीय ३ युवकमा पनि कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ७५ पुगेको छ ।

1

Scroll to Top