सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जना नयाँ संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनका अनुसार संक्रमित हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरू केही दिनअघि भारतबाट आएका थिए । नयाँ थपिएसँगै सँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।


