Banijya News

गोली प्रहारबाट धनुषामा एक युवकको हत्या

1
1.1K Shares

धनुषा : धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ।  जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो। मण्डल शव बुधबार बिहान घरभन्दा करिब २०० मिटर पर भेटिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। कार्कीका अनुसार मण्डलको छातीमा एक गोली प्रहार भएको देखिएको छ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर एकान्तमा लगी गोली प्रहार गरी मण्डलको हत्या गरेको जस्तो देखिएको बताए। हत्या कसले र किन गरेको हो खुल्न सकेको छैन । 

शवको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भएको र घटनाका विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।रासस

1

Scroll to Top