Banijya News

फेरि ह्वात्तै बढ्यो सुनको भाउ

1
1.1K Shares

२८ जेठ, काठमाडौं ।

सुनको भाउ फेरि ह्वात्तै बढेको छ।  नेपाल सुनचाँदी व्यसायी महासंघले बुधबार प्रतितोला छापावाल सुन ८८ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८८ हजार १६० रुपैयाँ तोकेको छ। यो भाउ नेपालकै इतिहासमा उच्च हो।

अघिल्लो दिन मंगलबार छापावाला सुनको भाउ प्रतितोला ८७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको भाउ स्थिर रहँदै ९३० रुपैयाँ नै कायम भएको छ। हिजो मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर ९३० थियो। 

1

Scroll to Top