Banijya News

कर्णाली प्रदेशमा थपिए ८३ कोरोना संक्रमित

1
1.1K Shares

कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेशका स्वास्थ्य सेवा महासाखा प्रमुख डा. लक्ष्मीनारायाण तिवारीले एक विज्ञप्ति प्रकाशित गर्दै प्रदेशमा थप ८३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

संक्रमितहरुमध्ये सुर्खेतका ४५ जना र दैलेखका ३८ जना रहेको रहेका छन्। सबैभन्दा बढी सुर्खेतको लेकबेसी नगरपालिकाका २१ जना रहेका छन्। योसँगै कणाली प्रदेशमा संक्रमितको संख्या ८४३ पुगेको छ।

सुर्खेतको लेकबेसी नगरपालिकामा मात्रै दुई महिलासहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, भेरीगंगा नगरपालिकाका ६ जना पुरुष, चिङ्गान गाउँपालिकाका ५ जना पुरुष, सिम्ता गाउँपालिकामा २ जना र वीरेन्द्रनगर नगरपालिका एकजना पुरुष, रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिकामा ४ महिलासहित २८ जना, भैरवी गाउँपालिकामा एक महिलासहित ७ जना र ठाँटीकाँध गाउँपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आजै दैलेख अस्पतालमा रहेका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै कर्णाली प्रदेशमा रोगलाई जितेर निको हुनेको संख्या ८२ पुगेको छ भने संक्रमण पुष्टि भएका तीन जनको मृत्यु भएको छ।

1

Scroll to Top