रौतहटको क्वारेन्टाइनमा बसेका युवा र प्रहरी बिच आज झडप भएको छ । राजपुर नगरपालिका–१ स्थित क्वारेन्टाइनमा बसेका युवा पीसीआर रिपोर्ट आउन ढिलाई भएको क्वारेन्टाइनमा बसेकाहरू आन्दोलनमा उत्रिएपछि झडप भएको हो । झडपमा प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको छ ।
ढुंगामुढा गर्दै क्वारेन्टान छोडेर भाग्न खाजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए ।
१ साताअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएपनि समयमा रिपार्ट नआउँदा युवाहरु आक्रोशित भै होहाल्ला गर्दा स्थती नियन्त्रण बाहिर गएको थियो । क्वारेन्टमनबाट भागेकामा प्रहरीले फेरी नियन्त्रणमा लिएको थियो । २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टाइनमै पु¥याइएको छ । राजपुर नगरपालिका–१ का ३ क्वारेन्टाइनमा बसेका ३ सय ५ जना आन्दोलनमा उत्रिएका थिए । फोटोः सांकेतिक


