Banijya News

पर्बतमा पहिरोमा परी २ को मृत्यु, अन्य ६ बेपत्ता

1
1.1K Shares

पहिरोले दुर्लुङको काउलेका २ वटा घर पनि बगाएको छ । शनिबार बेलुका परेको पानी पछि पहिरो गएको हो । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित ढकाल थर भन्ने स्थानमा शनिबार रातिको पहिरो परी ३ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा ६ जना बेपत्ता भएका छन् । उनीहरूको अहिले खोजी भइरहेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले अहिले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको भन्दै एक महिला र एक पुरुष गरी २ जनाको शव फेला परेको बताएको छ । स्थानीयले ८ जना सम्पर्कमा नभएको जानकारी गराएकोमा २ जनाको शव भेटिएको र अन्यको खोजीकार्य भइरहेको छ ।

1

Scroll to Top