३२ जेठ, काठमाडौं ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरी कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा चीनमा थप ५७ जना नयाँ संक्रमित फेला परेका हुन् ।
चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ भने ८३ हजार १३२ जनालाई संक्रमण भएको छ ।
पछिल्लो समय मुलुकमा कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले बाहिरबाट आउने मानिसहरुमा कडाइ गर्न थालेको छ । भाइरस नियन्त्रणमा आएसँगै चीनमा बिस्तारै मानिसहरु काममा फर्किन थालेका छन् । तर, नयाँ संक्रमित थपिए पछि चीनमा त्रास पैदा भएको छ ।


