सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको प्रेस मिटमा प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी प्रयोगशालालाई पनि पनि कोरोना संक्रमण परीक्षण गर्न दिने बताए । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।
उनका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । त्यस्तै विदेश जानका लागि चाहिने निरोगीताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना संकलन गरिने भएको छ । काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलनको जिम्मा दिन लागिएको हो ।


