Banijya News

पूर्वी नेपालमा ब्रोईलर कुखुराको मासुमा सय प्रतिशतसम्म मूल्यबृद्धि

1
1.0K Shares

एक महिना यता देशभर कुखुराको मासुको मूल्यमा उल्लेख्य बृद्धि भएको छ । लकडाउनमा मासु बिक्री हुन छोडेपछि किसानले कुखुरा पाल्न छोडेका थिए । जेठ १५ यता लकडाउन खुकुलो भएसँगै मासुको माग बढेको छ । तर मागको अनुपातमा आपूर्ति न्यून हुँदा मूल्य हृवातै बढेको देखिन्छ । बिषेशगरी पूर्व जिल्लाहरुमा ब्रोईलर कुखुराको मासु सय प्रतिशतसम्म मुल्यबृद्धि भएको छ ।
पूर्वी नेपालमा यतीबेला ब्रोईलर प्रतिकेजी चार सय ५० रुपैयाँ पुगेको छ । लकडाउनका कारण स्थानीय स्तरमा ब्रोईलर कुखुराको उत्पादनमा कमी र सीमित पसलले मात्र बिक्री गर्दा मूल्य अस्वभाविक रुपमा बृद्धि भएको हो ।


बाहिरी जिल्लाबाट ब्रोईलर कुखुरा आयात गर्ने हिमाली जिल्ला संखुवासभा र सोलुखुम्वुमा अहिले मासु प्रतिकेजी चार सय ५० रुपैया पुगेको छ । लकडाउनअघि संखुवासभामा ३ सय ५० रुपैयाँले कुखुराको मासु बिक्री हुदैआएको थियो । लकडाउनमा व्यपारीले तराईका जिल्लाबाट ब्रोइलर कुखुरा ल्याउन नसक्दा स्थानीय बजारमा मूल्य बढेको छ ।


हिमाली जिल्लामा मात्र होइन तराई र भारतसित सिमा जोडिएका मोरड, झापा देखी सुनसरीसम्मै कुखुराको मासुको मुल्य बढेको छ । ब्रोईलर कुखुराको मासु चार सय ५० सम्म पुगेको छ । दुई सय ५० मा बिक्री हुदैआएको ब्रोईलरको मासु बिराटनगरमा लकडाउनको सुरुका दिनमा बिक्री नहाँदा एक सय ५० सम्म झरेको थियो । उता धनकुटामाभन्दा अघि एक सय ४० रुपैयाामा झरेको ब्रोईलरको मासु अहिले प्रतिकेजी चार सय रुपैयाँ पुगेको छ ।


माग र आपुर्तिको तालमेलको वहाना बनाएर सधै मासुको मूल्य व्यापारीले निर्धारण गर्दै आएका छन् । लकडाउनका कारण ढाड सेकिएका कुखुरा पालक किसानलाई राहत दिन र यही बेला मनपरि मूल्यबृद्धि नियन्त्रण गर्न आवाश्यक देखिन्छ ।

1

Scroll to Top