३ असार, काठमाडौं ।
गायक प्रमोद खरेल छोरीका बाबु बनेका छन् । प्रमोद पत्नी दीपा खरेलले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।
उनले फेसबुकमा भनेका छन् – जीन्दगीले अर्को खुशीको आकाश छोएको छ,
घरमा #लक्ष्मी को आगमन भएको छ …
तर..????????
भ्यान्टिलेटरमा ६ दिन (१४५ घण्टा )को कठिन संघर्ष पछि बल्ल उनी हाम्रो काखमा आइपुगिन…तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुशी बॉडने असीमित चाहना हुदाहुदै पनि सकिएको थिएन, न त दुखै साटन सकियो। खुशी पक्कै आउला भनेर हरेस खाइएन, डा. नुतन शर्मा डा. शिव चालिसे डा गणेश शाह लगायत अल्का हस्पिटल टिम, शुभेच्छुक,भगवान र प्रार्थना गरिदिनु हुने सबैप्रति आभारी छौं।
यसअघि खरेल दम्पतीका एक छोरा छन्।


