Banijya News

आईओएमको डीनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिब्या सिंह शाह नियुक्त

1
1.1K Shares

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । त्रिवि कार्यकारी परिषद्ले शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन् ।


त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्को आज बसेको बैठकले सर्च कमिटीले सिफारिस गरेको ३ जनाको नामबाट उनलाई डिनमा नियुक्त गरेको हो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि  सिफारिस गरेको थियो । आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए ।

1

Scroll to Top