बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले संक्रमितको संख्या पुष्टि गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ७८४८ रहेको छ ।
नेपालमा कोरोनाको संक्रमण प्रतिदिन बढ्दो अवस्थामा छ । बुधवार मात्र सबैभन्दा बढी ५ सय ८६ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।


