कुवेतबाट नेपाल फर्किएका १ सय ३ जनामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाली सेनाका प्रवत्ता विज्ञानदेव पाण्डेले कुवेतबाट नेपाल फर्किएका १ सय ३ जना मध्ये ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार १ सय २ जनाको आज आएको पीसीआर परीक्षणको नतिजामा ८ जनामा पोजेटिभ देखिएको हो । एक जना भने दुई दिन आगाडि नेपाल आएकी महिला हुन् ।
उनीहरुमध्ये मोरङको रतुवामाई–८ की ४२ वर्षकी महिला, मोङकै पार्थी– १० की ४१ वर्षकी महिला, कास्की धान्द्रुककी २३ वर्षकी महिला, नवलपरासीको देवचुलीकी २९ वर्षकी महिला, झापा हल्दिबारीकी ३७ वर्षकी महिला, नवलपरासी कावासोती–४ की ३३ वर्षकी महिला, सुर्खेत छिन्चु– ५ की २८ वर्षकी महिला र बाराकी २८ वर्षकी महिला रहेका छन् ।
उनलाई टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने आज संक्रमण पुष्टि भएका ८ जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।


