Banijya News

अभिनेत्री निरिशा कोरोनामुक्त

1
1.1K Shares

७ असार, काठमाडौं ।

अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् ।  उनका पिता एवं अभिनेता विश्व बस्नेतले निरिषा कोरोना संक्रमणबाट मुक्त भएको बताएका छन् ।

अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएपछि मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् । त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।

नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी निरिषा मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । सो चलचित्रपछि उनले नेपाली चलचित्रमा काम गरेकी छैनन् ।अभिनेत्री निरिशा मुम्बईमै टेली शृंखलामा व्यस्त छिन् ।

1

Scroll to Top