Banijya News

एनएलजी इन्स्योरेन्सले बुझायो सरकारलाई ६ करोड ५१ लाख कर

1
1.1K Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन र चैतको मूल्य अभिवृद्धि करवापत् ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता ३ करोड र अग्रिम कर कट्टीवापत् ३२ लाख २३ हजार १ हजार रुपैयाँ कर भुक्तानी गरेको हो ।

सर्वोच्च अदालतले लकडाउन समाप्त भएको एक महिनापछि कर लिन आदेश दिएपनि एनएलजीले चाँडै कर तिरेको हो । देश चरम आर्थिक संकटमा परेको समय आम्दानीले दायित्वसमेत धान्न सरकारलाई मुस्किल परेको सरकारले बताई रहँदा इन्सुरेन्सले कर तिरेको हो ।


निजी ब्यावसायीको तर्फबाट अन्तरिम आदेशको माग गर्दे हालेको मुद्धामा सर्वोच्चले जेठ २८ गते असार ७ गतेभित्र कर तिर्ने तागेतासहित अर्थमन्त्रालय अन्र्तगतको आन्तरिक राजश्व विभागले जारी गरेको सूचनाले करदातामा त्रास सिर्जना गरेको विश्लेषण गर्दै सो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।


सर्वोच्चको असार ७ गतेसम्म कर तिर्नु नपर्ने अन्तरिम आदेश खारेजीका लागि सरकार पुनः सर्वोच्च पुगेको थियो । सर्वोच्च अदालतले असार ७ गतेसम्म कर तिर्न नपर्ने भनी जारी गरेको अन्तरिम आदेश खारेजीका लागि सरकार भ्याकेटमा गएकोको अपिल नै खारेज गरेपछि सरकार अप्ठेरोमा परेको थियो ।

1

Scroll to Top