Banijya News

कनकाई नगरपालिकाका ७ वर्डा सिलः कोरोना संक्रमित महिलाबाट समुदायमा संक्रमण फैलिएको आशंका

1
1.1K Shares

संक्रमित महिलाको कनेक्सन समुदायमा पुगेपछि पूर्वी झापाको कनकाई नगरपालिकाका ७ वर्डा पाँच दिनका लागि सिल गरिएको छ । नगरले आज एक सूचना जारी गर्दै सोमवार दिउँसो १२ बजेदेखि १३ गते शनिवार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गरेको हो ।
कनकाई नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद न्यौपानेले एक विज्ञप्ति निकालेर कनकाई नगरपालिकाको १ नम्बर देखि ७ नम्बर सम्मको वार्डलाई पुर्णसिल गरिएको बताएका छन् ।


कनकाई नगरपालिका ७ दुर्गापुरस्थित दलित भवनमा रहेको क्वारेन्टाइनमा रहेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसगै वर्डा शिल गरिएको हो । कुवेतबाट आएर असार ३२ गतेदेखि क्वारेन्टाइन बस्दै आएकी एक ३१ बर्षिय युवतीमा कोरोना पुष्टि भएसँगै कनकाईमा सिल गरिएको हो ।


क्वारेन्टाइन व्यवस्थापनका प्रमुख लक्ष्मी अधिकारी दिएको जानकारी अनुसार महिलाको आफ्नो बच्चासँग भेट भएको थियो । बच्चा लिएर उनको आफन्त क्वारेन्टाइनमै पुगेको थिए । लामो समयसम्म बच्चाबाट टाढा रहेकी उनी भावविहल हुँदै भेटमा रुन पुगेकी थिइन् । बच्चालाई बोकेर स्पर्श र चुम्बन गर्दे उनले आफूसित भएको पैसा, खेलौना लगायतका सामान दिएकी थिइन् । बच्चालाई परिवारका अन्य सदस्यले बोकेको घर लैजाने क्रममा दिएको पैसाले किनमेल समेत गरेको र गाउँ समेत घुमेको पाईएपछि वर्डा शिल गरिएको हो ।


बच्चालाई पैसा समेत दिएको र किनमेल समेत गरेकोले समुदायमा संक्रमण फैलिएको हुन सक्ने नगरको अनुमान छ । संक्रमणको जोखिमलाई ख्याल गरेर कन्टेक्ट ट्रेसिङ गर्नलाई बन्दको आव्हान गरिएको हो ।


समुदायमा कोरोना फैलिएको आशंकामा नगरपालिका शिल गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । उनका अनुसार नगरपालिकाले कन्ट्राक्क टेसिङ्गका लागि नगरपालिकाको ७ वटा वार्ड सोमवार १२ बजे दिउसोदेखि आगामी शनिवार राती १२ बजेसम्म पुर्णरुपमा सिल गरेको हो । लक डाउनमा औषधि पसलदेखि अत्यावश्यक सामग्री बाहेक बैँक वित्तीय संस्था, पसल लगायात सबै क्षेत्र बन्द गर्न भनिएको छ ।

कनकाईमा यो घटनासगै कोरोना संक्रमितको सङ्ख्या ४ पुगेको छ । यसअघि भारतको कानपुरबाट आउने ३ जना पुरुषमा कोरोना फेला परेको थियो । उनीहरुको उपचार जारीरहेको नगरपालिकाले जनाएको छ ।

1

Scroll to Top