पछिल्लो २४ घण्टामा नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
आज थपिएका मध्ये ११७ जना महिला र ३६५ पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ८६ को २४ घण्टामा पीसीआर गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ जना रहेका छन् । मृतकको ३० संख्या पुगेको छ।


