बुधबार सेयर कारोबारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको छ । ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार बन्द भएको हो । बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर एक हजार ३३६ दशमलव ५३ अंकमा पुगेको थियो ।
सर्किट ब्रेक लागेको नेप्से ७५ दशमलव ७७ अङ्क ( ६ दशमलव १) प्रतिशतले बढेर १३ सय ३६ दशमलव ५२ बिन्दुमा पुगेको छ ।
बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो, ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको थियो ।
आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ ।


