प्रधानमन्त्रीको राजिनामा माग गरिरहेको समय मन्त्रिपरिषदको बैठक आज १२ बजे बस्दैछ । पार्टी स्थायी समितिको बैठकमा नेताहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका बेला १२ बजे मन्त्रिपरिषदको बैठक बस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
मन्त्रिपरिषदको बैठक अघि ११ बजे स्थायी कमिटीको बैठक बस्दैछ । यसअघि बुधबार १ घण्टा बसेर स्थगित भएको स्थायी कमिटीको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा पनि नेताहरुले पार्टीभित्रको आन्तरिक विवादसँगै समसामयिक विषयमा आफ्नो धारणा राख्नेक्रम जारी छ ।


