Banijya News

चट्याङ लागेर ४ महिलाको मृत्यु, ५ जना घाइते

1
1.1K Shares

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
विहीवार बिहान जिल्लाको कलैया उपमहानगरपालिका (१२ शितलपुर र फेटा गाउँपालिका (१ मा चट्याङ लागेर ४ महिलाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुन रहेका छन् ।

फेटामा घरमा चट्याङ लग्दा एकै घरका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई अस्पताल लगिएको र मृतकको शव परीक्षणका लागि कलैया अस्पतालमा लगिएको छ ।

1

Scroll to Top