१९ असार, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन तथा हवाई क्षेत्रमा साउन ७ गतेसम्म ४१ अर्बकाे नाेक्सानी हुने अनुमान गरेको छ। काेराेना भाइरसका कारण सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको सन्दर्भमा याे क्षेत्रमा अहिलेसम्म ३४ अर्ब नाेक्सानी भएकाे र आगामी साउन ७ गतेसम्म ४१ अर्ब क्षति पुग्ने मन्त्रालयले अनुमान गरेको हो ।
काेराेना भाइरसका कारण भएकाे लकडाउनले याे क्षेत्रमा प्रतिमहिना १० अर्बकाे क्षति भइरहेकाे मन्त्रालयले जनाएको छ ।
यसैबिच, लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सकडमार्गबाट ८७९ जनाको उद्धार गरीएको मन्त्रालयले जनाएको छ । यसैगरी, १२ हजार ४०८ जना नेपाली र विदेशीलाई विदेश पठाइएको पनि मन्त्रालयले जनाएको छ ।


