Banijya News

नेपालमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन ७४० जना नयाँ संक्रमित थपिए

1
1.1K Shares


नेपालमा कोरोनाको नयाँ रेकर्ड बनेको छ । एकैदिन ७४० जना संक्रमिट भएको पुष्टि भएपछि नयाँ रेकर्ड बाहिर आएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।आज थपिएको संख्या हालसम्म एकैदिनमा पुष्टि भएको पहिलो उच्च रेकर्ड हो ।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएकोमा ७४० जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ३५ हजार ४७२ जना बसिरहेका छन्। कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेकाहरुको संख्या ९ हजार ८४ रहेको छ ।

शुक्रबारसम्म देशभरका विभिन्न प्रयोगशालामा २ लाख ४२ हजार २४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ भने ३ लाख ५ हजार ६२९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

1

Scroll to Top