Banijya News

चौरजहारी हत्या घटनाः सर्वोच्चले गर्यो रुकुम जिल्ला अदालतको आदेशलाई सदर

1
1.1K Shares

असार २३, काठमाडौं ।
सर्वोच्च अदालते रुकुम जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । पश्चिम चौरजहारीमा भएको घटनामा नवराज बिककी प्रेमिका सहित दुईजनालाई उमेर पुग्ने सम्मको लागि बाल सुधारगृहमा राख्ने रुकुम जिल्ला अदालतको आदेश रहेको थियो ।

जिल्ला अदालतको आदेशपछि नवराजकी प्रेमिकालाई भक्तपुर र अर्का किशोरलाई नेपालगञ्ज बाल सुधारगृहमा राखिएको छ ।सर्वोच्चले उनीहरुको उमेर १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृहमा राख्ने आदेश मिलेको ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज हुने फैसला सुनाएको हो ।

जाजरकोटको भेरी नगरपालिकाका २१ वर्षीय युवक नवराज बिक र रुकुमको चौरजहारी नगरपालिकाकी १७ वर्षीया मल्ल थरकी एक किशोरीबीच प्रेमकै कारण उब्जिएको विवादमा ६ जनाको ज्यान गएको थियो। उक्त घटनामा उनका ५ साथि टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार तथा सञ्जु बिक, गोविन्द शाही मारिएका थिए।

1

Scroll to Top