Banijya News

नेकपाको स्थायी समिति बैठक स्थगित, अर्काे बैठक शुक्रबार बस्दै

1
1.1K Shares

असार २४, काठमाडौं ।
आज बस्ने भनिएको नेकपाको स्थायी समितिको बैैठक स्थगित भएको छ । पार्टीका दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक असार २६ गते सम्मका लागि स्थगित भएको हो ।
आईतबार देखि पार्टीका दुई अध्यक्ष निरन्तर छलफलमा रहेका छन् । आन्तरिक विवादका कारण अहिलेसम्म वार्ता टुंगिएको छैन । उनीहरूले आपसी छलफलबाट पार्टीमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ । मंगलबार बसेको बैठक सकारात्मक भएको पार्टीका एक शिर्ष नेताले बताएका छन् । तर बुधबार बिहान फेरि बैठक स्थगित भएको सूचना दिइएको छ । प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन् । पार्टी फुटाउनसम्म पछि नहट्ने मनस्थितिमा देखिएका ओली पछिल्लो केही दिनयता अलि नरम देखिएको नेताहरुले बताएका छन् ।

अर्को बैठक असार २६ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । यस्तै पार्टी फुटबाट जोगाउनका लागि सबै गुटका दोस्रो तहका नेताहरु पनि लगातार छलफलमा छन् । उनीहरुले नेतृत्वलाई जसरी पनि पार्टी एकीकृत बनाइ राख्न र सहमतिका आधारमा नभए पार्टी प्रक्रियामा गएर समाधान खोज्न दबाब दिँदै आएका छन् । यसैगरी केन्द्रीय सदस्यहरुले स्थायी कमिटिबाट अहिलेको संकट समाधान हुन सक्ने भन्दै केन्द्रीय समिति बैठकको माग पनि गरिरहेका छन् । तर ओली–प्रचण्डबिचकै संवाद र सहमतिले संकट टुंग्याउने उनीहरु निकट नेताहरुले बताउने गरेका छन् ।

1

Scroll to Top