Banijya News

टिपरको ठक्करबाट धादिङमा एक युवकको मृत्यु

1
1.1K Shares

असार २४,काठमाडौं ।
धादिङ जिल्ला धुनीबेंसी नगरपालिमा टिपरको ठक्करबाट ३० बर्षीय युवकको मृत्यु भएको छ । ठक्करबाट नागार्जुन नगरपालिका वडा नम्बर ३ काठमाडौंँ निवासी महेश श्रेष्ठको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा.४ ख ३१०४ को टिपरले उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालक भने फरार रहेका छन् । शवलाई पोस्टमार्टमका लागि काठमाडौँस्थित टिचिङ्ग हस्पिटल लगिएको छ ।

1

Scroll to Top