Banijya News

पछिल्लो २४ घण्टामा उपत्यकामा थप २३ जना कोरोना संक्रमित

1
1.1K Shares

असार २४,काठमाडौं ।
पछिल्लो २४ घण्टामा उपत्यकामा २३ जना कोरोना संक्रमित भेटिएका छन् । बुधबार उपत्यकामा २३ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना, ललितपुरका ७ जनामा कोरोना संक्रमण भेटिएको हो। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ६ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढिरहेका छन् । सरकारले काठमाडौं उपत्यका प्रवेशमा केही खुकुलो गरेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

1

Scroll to Top