असार २९, काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार साझ ५ बजे बाँडफाँट हुने भएको छ । आज साँझ ५ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।
उक्त लघुवित्तको आईपीओको प्रि अलोटमेन्ट आइतबार नै गरिएको थियो । त्यसपछि आज नै आईपीओ बाँडफाट गर्न लागिएको हो । क्यापिटलको जमल स्थित कार्यालयमा बाँडफाँट कार्यक्रम तय गरिएको छ ।
लघुवित्तले गत असार २१ गतेदेखि २४ गतेसम्म ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीको लागि छुट्याएर छ । त्यस्तै ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर छ , भने बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
कम्पनीको आईपीओमा ४ लाख ५८ हजार ६४३ जना लगानीकर्ताहरुले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन् । आवेदक मध्ये ६६ हजार १५२ जनाले मात्र यस लघुवित्तको शेयर पाउने छन् ।
गोलाप्रथाद्धारा बाँडफाँट हुने कम्पनीको आईपीओ ३ लाख ९२ हजार ४९१ जनाले भने पाउने छैनन् । यो आईपीओ बाँडफाड भएपछि लघुवित्तको हालको चुक्तापुँजी बढेर रू.१४ करोड ७७ लाखबाट बढेर रू. २१ करोड ७७ लाख पुग्नेछ ।


