असार ३०, काठमाडौं ।
केन्द्रीय बैंकले खाता अद्यावधिक गर्न निर्देशन दिएको छ । बैंकले सरकारी तथा अर्ध सरकारी संस्थाहरुलाई मंगलवार एक सूचना जारी गर्दै खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।
बैंकले राष्ट्र बैंकको बैंकिङ कार्यालयस्थित विभिन्न सरकारी तथा अर्ध सरकारी संस्था र निकायहरुलाई खाता अद्यावधिक गर्न निर्देशन दिएको हो । साथै निस्क्रिय रहेका खाताहरु अगामी आर्थिक वर्ष भित्र बन्द गराउन पनि केन्द्रीय बैंकले निर्देशन दिएकोे छ ।


