बुधबार काठमाडौ उपत्यकामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काठमाडाँैका थप ७ जनामा कोरोना पोजिटिभ भेटिएको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४, शुक्रबारज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल महारागन्जमा गरिएको परीषणमा १ जनामा कोरोना पुष्टी भएको हो ।


