भारतमा कोरोना भाइरसका कारण बुधबारमात्रै ६१२ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या २४ हजार ९२९ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन ३२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
योसँगै संक्रमितको संख्या ९ लाख ७० हजार नाघेको छ । बुधबारमात्रै भारतमा ३२ हजारभन्दा बढी संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ७० हजार पुगेको हो । ६ लाख १३ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको भारतीय संचार माध्यमले हिन्दुस्तान टाइम्सले जनाएको छ ।


