कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका-८ स्थित खोराकोमुख मा पहिरो जाँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रेम विकको घरमाथिबाट पहिरो खस्दा च्यापिएर उनका तीन जना नातीनातिनाको मृत्यु भएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा ३ जनाको मृत्यु भएको र बाँकी ३ जना भने भागेर ज्यान बचाएका थिए ।


