Banijya News

पहिरो पीडित २२ घर परिवारलाई रेडक्रसले दियो राहत

1
1.1K Shares

श्रावण २, काठमाडौं ।
मानवीय सेवाको भावनाले विपत्मा परेका मानिसको उद्धारको काम गर्दै आएको नेपाल रेडक्रसले २२ घर परिवारलाई राहात वितरण गरेको छ ।
गत असार १९ गते बझाङको केदास्यँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर विचल्लीमा परेका बेघरबार भएका लगायत अन्य परिवारलाई विविध सामग्रीहरू वितरण गरेको नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाले जनाएको छ ।
रेडक्रसले पहिरो परेका परिवारका लागि राहतमा त्रिपाल, कम्बल, भाँडाकुँडा, एक परिवारमा पाँच जनालाई पुग्ने गरेर कपडा, बाल्टी लगायतका सामग्रीहरू वडालाई हस्तान्तरण गरेर वडाबाट वितरण गरिएको हो ।
यसअघि गत असार १७ गतेपछि बझाङ जिल्लाभरि विपतमा परेर विचल्लीमा परेका ३९ घर परिवारलाई यस्ता सामग्री राहत वितरण गरेको नेपाल रेडक्रस सोसाइटी बझाङ शाखाले जनाएको छ ।

1

Scroll to Top