Banijya News

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

श्रावण ६, काठमाडौं ।
गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नर्देशनालयका अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा म्याग्दी, बाग्लुङ र स्याङ्जामा ३÷३ जना रहेका छन् । उनिहरु २३ देखि ५८ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार २० रहेको छ ।

1

Scroll to Top