काठमाडौं । बीमा समितिबाट ३ करोड रुपैयाँ झण्डै तीन वर्षसम्म बेपत्ता भएको छ । महालेखा परिक्षकको कार्यालयले गत असार ३० मा सार्वजनिक गरेको प्रतिबेदनमा भण्डै तीन करोड हराएको रिपोर्ट सार्वजनिक गरेको हो ।
महालेखा परीक्षक टंकमणि शर्माद्धारा सार्वजनिक गरिएको प्रतिवेदनमा बीमा समितिको खाताबाट २०६९ साल बैशाख २७ गते तीन करोड रुपैयाँ झिकेर एक बैंकमा मुद्दति निक्षेपमा राखिएको देखिन्छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनको २२३ नं बुँदामा सो काण्डमा संलग्न बैंकका अधिकारीलाई समेत जिम्मेवार बनाएर कारवाही गर्नुपर्ने औल्याएको छ ।
यसरी बेपत्ता परिएको रकम रकम एक वर्षपछि अर्थात २०७० बैशाख २६ गते बैंकको कल खातामा राखिएको उल्लेख छ । उत्त रकम २०७४।०७५ को लेखा परिक्षण प्रतिवेदनमा समेत समावेश नगरिएको उल्लेख छ ।
महालेखा परिक्षकको कार्यालयले मुद्दति निक्षेपमा राख्नुपर्ने रकम सामान्य कल खातामा रकमान्तर गरी न्यून ब्याज दिइएको र सो अवधीको समानुपातिक ब्याज हिसाब गर्दा दुई करोड २३ लाख २५ हजार रुपैयाँ बीमा समितिलाई आर्थिक क्षति भएको देखिन्छ । प्रतिवेदनमा रकम बैंकमा राखिएको ७६ महिनापछि अर्थात् २०७६ असोज ३० गते मात्रै पत्ता लागेको उल्लेख छ ।


