श्रावण ६, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर छापावाला सुन ९२ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मुल्य ९२ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै तेजाबी सुन ९२ हजार २६० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ४० रुपँैया बढेर १ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।


