Banijya News

साउन ८ देखि सार्वजनिक गाडी चलाउने व्यवसायीको निर्णय

1
1.1K Shares

श्रावण ६, काठमाडौं ।
यातायात व्यवसायीले साउन ८ गते देखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरेर यही साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । 

महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको बताए । यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन् । तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन ।

छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन् । यसअघि सार्वजनिक यातायातसँग सम्बन्धित् साझा यातायात, मयूर, सुन्दर लागयत कम्पनीहरुले सवारी साधन सञ्चालन गरिसकेका छन् । 
 

1

Scroll to Top