Banijya News

पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा आज पेशी तोकिने

1
1.0K Shares

काठमाडौं – श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्नको लागि जलाएको आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा आज पेशी तोकिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफ्नो फैसला त्रुटीपूर्ण रहेको दाबीसहित सरकारी वकिलले दायर गरेको पुनरावलोकन निवेदनमा पेशी तोक्न लागेका हुन् । राणासहित न्यायाधीश तेजबहादुर केसीको ईजलाशले कोइरालाको सजाय घटाएर साढे आठ वर्ष कायम गरेका थिए ।

जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैद गरेको मुद्दामा उनीहरुले जन्म कैदको मात्र सजाय गरेका थिए । क्रुर अपराधमा कम सजाय गरेको भन्दै सर्वोच्चको आलोचना भईरहेको छ ।

प्रधानन्यायाधीश राणाले उक्त मुद्दा आज आफू र र केसीवाहेकको ईजलाशमा तोक्नुपर्नेछ । आज पेशी तोकिएर सुनुवाइ हुँदै पुनरावलोकनको अनुमति पाएमा उक्त फैसला त्रुटीपूर्ण रहेको वा नरहेकोबारे निर्णय हुने छ । सर्वोच्चले अनुमति नदिएमा भने पुरानै फैसला कायम हुने छ । पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ । पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ । संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बन्ने छ ।

1

Scroll to Top