श्रावण ११, काठमाडौं ।
सनराइज बैंकले नयाँ योजना अन्तरगत ४० वर्षे अवधिको घर जग्गा कर्जा योजना ल्याएको छ । बैंकले ९.९५ प्रतिशत ब्याजदरको सनराइज घर कर्जा योजना ल्याएको हो ।
कोभिड १९ ले अर्थव्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले नयाँ कर्जा योजना ल्याएको जनाएको छ ।
जस अन्तरगत बैंकले घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितो कर्जा योजनामा ९.९५ प्रतिशतको सेयर धितो कर्जा योजना पनि ल्याएको छ । कर्जा लिन चाहने ग्राहकले छिटो छरितो बैंकको १३४ स्थानमा फैलिएको शाखाबाट कर्जा लिन सक्ने बैंकले जनाएको छ ।


