श्रावण ११, काठमाडौं ।
कामना सेवा विकास बैंक लि. र पप गायक, गीतकार तथा सङ्गीतकार सुगम पोखरेलबीच सम्झौता भएको छ । नेपालको साङ्गीतिक क्षेत्रका प्रख्यात गाएक र बैकबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथिको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेलप्रति आभार प्रकट गरे ।
त्यस्तै गायक पोखरेलले आफूलाई यो अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै आफ्नो तर्फबाट बैंकको ख्याति एवं श्रीवृद्धिमा जस्तोसुकै सहयोग गर्ने वचनबद्धता समेत व्यक्त गरे ।


