२१ साउन, काठमाडौं ।
सुनको मूल्य १ लाख बढी पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामै १ हजार ६०० रुपैयाँ बढ्दै मूल्य १ लाख रुपैयाँ पार गरेको हो। सुनको यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो।
आज सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जानकारी दिएको छ।


