Banijya News

एनआईबिएल समृद्धि फण्डले १२ प्रतिशत प्रतिफल घोषणा गर्ने

1
1.1K Shares

साउन २३, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड– १ ले प्रतिफल घोषणा गरेको छ । असार मसान्तसम्ममा उक्त योजनाले १५ करोड ५७ लाख नाफा कमाएको छ । उक्त योजनाको प्रतिइकाइ खुद सम्पत्तिको मूल्य ११ दशमलव ६० पुगेको छ । यो सँगै योजनाले इकाईधनीहरुलाई कर सहित १२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । योजनाले आफ्ना इकाईधनीहरुलाई रू. १२ करोड बरावरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । उक्त योजनाले आव २०७६÷७७ को लेखापरिक्षण कार्य सम्पन्न भएपछि प्रतिफल घोषणा गरेको हो ।

1

Scroll to Top