Banijya News

कृष्ण जन्माष्टमीका दिन पनि कृष्ण मन्दिर नखुल्ने

1
1.1K Shares

कोरोना संक्रमण बढदै जाँदा कृष्ण जन्माष्टमीका दिन कृष्ण मन्दिर नखुल्ने भएको छ । आगामी २७ साउन मंगलबार पर्ने कृष्ण जन्माष्टमीका दिन ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिर बन्द हुने भएको हो ।

कोरोनाभाइरसको महामारी फैलिरहेको कारण मन्दिर बन्द गरिने भएको छ । ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखा र मंगलटोल सुधार संघले संयुक्त विज्ञप्ति जारी गर्दै भक्तजनहरूलाई मन्दिर बन्द हुने बताएको छ । विज्ञप्तिमा श्रद्धालु भत्तजनहरूलाई आ–आफ्नो घरभित्र नै पुजा गरेर परम्परालाई निरन्तरता दिन अनुरोध गरेको छ ।

1

Scroll to Top