साउन २६, काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले कम्पनीले चौथो त्रैमाससम्म १९ करोड ३१ लाख ३९ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्ष सोहि अवधिमा झण्डै पाँच गुण बढी हो । अधिल्लो बर्ष कम्पनीले रू. ४ करोड १ लाख १० हजार कमाएको थियो । उक्त कम्पनीले गत वर्ष रू. ३३ करोड ३० लाख ७९ हजार आम्दानी गरेको हो ।
गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ११ प्रतिशतभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने ४२ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ । अवधिमा उक्त कम्पनीले रू. ९० करोड ४४ लाख ३२ हजार कुल बीमाशुल्क आर्जन गरेको हो भने रू. ४९ करोड १ लाख ७९ हजार दाबी भुक्तानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ५९ लाख ३० हजार रहेको छ । बीमा कोष रकम रू. ३२ करोड ६७ लाख ४४ हजार र जगेडा कोष रकम रू. २७ करोड ४५ लाख ७४ हजार रहेको छ ।


