डोटीको आदर्श गाउँपालिका-१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । आज बिहान १ बजे ३ तलाको पुरानो घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको हो ।
त्यस्तै घटनामा गरी उनकी आमा ताना लुहार र छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा, साला र २ वर्षीया छोरी रहेका छन् । उनीहरूलाई उद्धार गरेर उपचारका लागि दिपायल ल्याइरहेको डिएसपी मल्लले जानकारी दिए ।


