Banijya News

प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेपछि त्यस्को विरोध

1
1.1K Shares

काठमाडौं, साउन २७ । सरकारले प्रशोधित पानीको बोतल तथा जारको समर्थन मूल्य तोकेपछि त्यस्को विरोध भएको छ । उपभोक्ता अधिकारकर्मीले भने सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप लगाएका छन् ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य तोकेको हो । नयाँ मूल्यमा प्रशोधित प्रतिबोतल १६ रुपैयाँ र प्रतिजार ५० रुपैयाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपैयाँमा बिक्री भइरहेको विभागले जनाएको छ । यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपैयाँ तोकिए पनि उपभोक्ताले ४०÷४५ रुपैयाँमै किनेर खान पाइरहेका थिए ।त्यही भएर मूल्य बढेकोमा विरोध भएको हो ।


मञ्चका अध्यक्ष तिम्लिसिनाले आफैले कम मूल्यमा पनि खाईरेकोमा सरकराले मूल्य घटाएको भन्दै मूल्य बढाएको आरोप लगाए । उनले भने, ‘मलै बालाजुमा प्रतिजार ३५ देखि ४० रुपैयाँमा खाइरहेको छु । सरकारले १५ रुपियाँ बढायो, पानीको गुणस्तर, जारको सरसफाइका विषयमा केही बोलेको भए पनि त गुणस्तर राम्रो हुने भयो भनेर उपभोक्ताले चित्त बुझाउँदा हुन् । त्यो पनि भएन, के आधारमा मूल्य तोकियो ? उपभोक्तालाई जवाफ दिनुपर्ने उनको भनाई छ ।


विभागका अनुसार काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर भक्तपुर) र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।


विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने जनाएको छ ।

1

Scroll to Top