काठमाडौं, २७ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनी घरमै आइसोलेसनमा बसिरहेका छन्।
यस अगाडि पनि अख्तियारका कर्मचारीमा कोरोना संक्रमण भैसकेको छ । घिमिरेलाई तीनै कर्मचारी बाट सरेको अनुमान गरिएको छ ।


