डोटीको पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा थप ३२ जना घाइते भएका छन् । कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । वर्षाका कारण सडक चिप्लोहुँदा बस सडकबाट ३० मिटर तल खसेको छ ।
दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यतिखेर घाइतेलाई अस्पताल लैजाने क्रम चलिरहेको छ ।


