Banijya News

नविल बैंकले दियो कोरोना संक्रमण रोकथाम कोषलाई ६ करोड रुपैयाँ

1
1.1K Shares


काठमाडौँ – नबिल बैंकले सामाजिक उत्तरदायित्वका अन्र्तगत नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषलाई ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।


सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री डा युवराज खतिवडालाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयोजक निर्वाण चौधरीलाई लिएर पुगेका शाहाले चेक हस्तान्तरण गरेका हुन् ।

1

Scroll to Top